
जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा निःशुल्क हाडजोर्नीको शल्यक्रिया शिविर सुरु गरिएको छ ।
दुर्गम भेगका जनतालाई लक्षित गरेर नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राबिधिक सहयोगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा चार दिने निःशुल्क हाडजोर्नीको शल्यक्रिया शिविर सुरु गरिएको हो ।
नेपाल अर्थोपेडिक्स अस्पतालमा निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरूसहितको १८ जनाको टोलीले अस्पतालमा हाडजोर्नीसम्बन्धी निःशुल्क ओपीडी सेवा तथा शल्यक्रिया गर्नुहुनेछ ।
उक्त शिविरमा ५० देखि ६० जनाको निशुल्क हाडजोर्नीको शल्यक्रिया र एक हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य रहेको अस्पतालका निर्देशक डा. भण्डारीले जानकारी दिनुभयो ।
शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग गरेको छ । शुक्रबारबाट संचालनमा आएको शिविर जेठ १ गतेसम्म चल्ने छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

