
जनस्वास्थ्य सरोकार, हुम्ला । हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिबार एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।
यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन । सातवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्मा, कर्णाली प्रदेशसभा सदस्य विजय बुढा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया, ताँजकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापालगायत उपस्थित हुनुहुन्थ्यो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
