जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दी जिल्लाको बेनी अस्पतालमा ५६ वर्षीया महिलाको ५ केजीको न्युरोफाइब्रोम्याटोसिस ट्युमर निकालिएको छ ।
नेपाल अर्थोपेडिक हस्पिटलका निर्देशक एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. कैलाश भण्डारीको नेतृत्वमा शुक्रबारदेखि ४ दिनसम्म सञ्चालन गरेको निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरको तेस्रो दिन ५ घण्टा लगाएर प्लाष्टिक सर्जन डा. निरज महर्जन लगायतका सर्जनहरूको टिमले सो ट्युमर निकालेको हो ।
ति महिला १५ वर्षदेखि न्युरोफाइब्रोम्याटोसिस ट्युमरबाट पीडित थिइन् । यो नसाबाट आएर छालामा निस्किने ट्युमर हो । उनको शरीरमा अन्य साना साना ट्युमहरु भएपनि यसले तिघ्राको पछाडि झुन्डिएर घुँडासम्म आएकाले उनलाई निकै समस्या भएको थियो । उनलाई हिँड्न र लुगा लगाउन पनि हुँदैनथ्यो । यो ट्युमर क्यान्सर नभएको र यो शल्यक्रियापश्चात्त उनको जीवनशैलीमा निकै सहजीकरण हुने डा. भण्डारीले जानकारी गराउनुभयो ।

दुर्गम भेगका जनतालाई लक्षित गरेर नेपाल अर्थोपेडिक अस्पतालसँगको प्राविधिक सहयोगमा बेनी अस्पताल, बेनी नगरपालिका र रोटरी क्लब अफ काठमाडौं वेष्टको आयोजनामा निःशुल्क हाडजोर्नीको शल्यक्रिया शिविर सुरु गरिएको छ ।
डा. भण्डारीसहित सम्बन्धित विधाका १८ जना चिकित्सकहरूको टोलीबाट अस्पतालमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया एवं ओपीडी सेवा लिनेहरूको भिड छ ।
शिविरमा ५० देखि ६० जनाको निशुल्क हाडजोर्नीको शल्यक्रिया र एक हजार जनालाई ओपीडी सेवा दिने लक्ष्य राखिएको छ ।
स्वीजरल्याण्डको मेड सोलुसन फाउण्डेसनको आर्थिक सहयोग गभएको सो शिविर जेठ १ गतेसम्म सञ्चालन गरिने छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
