
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा परीक्षण भएका ११०३ नमूनामध्ये २१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८४ नमूनाको पीसीआर र ७१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट १२ र एन्टिजेनबाट ९ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै आज थप २४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १०० रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९०३ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

