जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा ३ दशकदेखि सक्रिय भक्त हमाल नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिमा चयन हुनुभएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उहाँलाई उक्त समितिको सभापतिमा चयन गर्नुभएको हो ।
महासंघको वस्तुगत संघबाट कार्यकारिणी सदस्यमा हमाल २ पटक निर्वाचित भइसक्नुभएको छ । यस अघि उहाँ स्वास्थ्य तथा सीप विकास समितिको सभापति हुनुहुन्थ्यो ।
हमाल विगत ३ दशकदेखि मुलुकका हस्पिटल एवं क्लिनिकल ल्यावोरेटोरीहरूमा आवश्यक पर्ने अत्याधुनिक मेडिकल र सर्जिकल सामाग्रीहरु आपूर्ति गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत आफ्नो लगानी वढाउनुभएकोे र महासंघभित्र रहेका व्यवसायीक हित र जनसेवाका काममा सक्रिय हुनुहुन्छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समितिको सभापतिमा हमालको नियुक्तीले मुलुकको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार र विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
