जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा ३ दशकदेखि सक्रिय भक्त हमाल नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिमा चयन हुनुभएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उहाँलाई उक्त समितिको सभापतिमा चयन गर्नुभएको हो ।
महासंघको वस्तुगत संघबाट कार्यकारिणी सदस्यमा हमाल २ पटक निर्वाचित भइसक्नुभएको छ । यस अघि उहाँ स्वास्थ्य तथा सीप विकास समितिको सभापति हुनुहुन्थ्यो ।
हमाल विगत ३ दशकदेखि मुलुकका हस्पिटल एवं क्लिनिकल ल्यावोरेटोरीहरूमा आवश्यक पर्ने अत्याधुनिक मेडिकल र सर्जिकल सामाग्रीहरु आपूर्ति गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत आफ्नो लगानी वढाउनुभएकोे र महासंघभित्र रहेका व्यवसायीक हित र जनसेवाका काममा सक्रिय हुनुहुन्छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समितिको सभापतिमा हमालको नियुक्तीले मुलुकको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार र विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
