
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको छ ।
सुनकोसी गाँउपालिका र एक एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको बिहीबार मन्त्री बस्नेतले उद्घाटन गर्नुभएको हो ।
एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालका अध्यक्ष नेत्र कार्कीका अनुसार वि. सं. २०७४ साल मंसिरबाट निर्माण सुरू भई २०७९ साउन १ गतेबाट २४ घण्टै ईमर्जेन्सी सेवासहित उपचार सेवा सुरू गरेको अस्पतालले मेजर अपरेशन बाहेकका सबै उपचारात्मक सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै अस्पतालले इमर्जेन्सी, एक्स-रे, प्रसुती, आँखा उपचार, दन्त सेवा, फारमेसी लगायतका सेवा दिँदै आएको छ । यस अस्पतालबाट एसएस एमसी सेवा अन्तरग जेष्ठ नागरिक र ओसीएमसी सेवा अन्तर्गत लैङ्गिक हिंसामा परेका ४ जना महिलाको निःशुल्क उपचार गरेको छ ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
