
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोध्ने भएको छ ।
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ठाउँ र जनशक्ति नभएर पनि उपकरण किनेका अस्पताललाई स्पष्टीकरण सोधिने स्पष्ट पार्नुभयो ।
उहाँले दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसकेका सामान स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकताअनुसार अरू अस्पतालमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताउनुभयो । स्वास्थ्य सेवा विभागलाई खरिद एवम् वितरण थप व्यवस्थित गर्न निर्देशन दिनुभयो । उहाँले सबै सङ्घीय अस्पतालको उपकरण जाँच गर्ने पनि बताउनुभयो ।
भएका उपकरणले काम गर्दा गर्दै पनि अन्य खरिद गरेको गुनासो बढेको भन्दै छानबिन गरी कारबाही अघि बढाउने उहाँको भनाइ छ ।
मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिई ओपीडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


