
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको एफआईपीभीको नियमित खोप लगाउने तालिका हेरफेर गरेको छ ।
आज सूचना जारी गर्दै मन्त्रालयले खोप लगाउने तालिका फेरबदल भएको जानकारी दिएको हो । यसअघि एक वर्ष उमेरभित्रका बालबालिकालाई ६ र १४ हप्तामा गरी दुई मात्रा एफआईपीभी खोप लगाउन गरिएको थियो । मन्त्रालयका अनुसार अब १४ हप्ता र ९ महिनामा उक्त खोप दिइने छ ।
त्यस्तै, एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेका बालबालिकाले पाँच वर्षभित्र लगाइसक्नुपर्नेछ । पाँच वर्षमूनिका सम्पूर्ण बालबालिकाका लागि आठ हप्ताको फरकमा दुई मात्रा खोप लगाउने गरिएको थियो ।
अब भने १६ हप्ता (चार महिना) को फरकमा दुई मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले परिवर्तित नियमित खोप तालिकाअनुसार आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
