
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको एफआईपीभीको नियमित खोप लगाउने तालिका हेरफेर गरेको छ ।
आज सूचना जारी गर्दै मन्त्रालयले खोप लगाउने तालिका फेरबदल भएको जानकारी दिएको हो । यसअघि एक वर्ष उमेरभित्रका बालबालिकालाई ६ र १४ हप्तामा गरी दुई मात्रा एफआईपीभी खोप लगाउन गरिएको थियो । मन्त्रालयका अनुसार अब १४ हप्ता र ९ महिनामा उक्त खोप दिइने छ ।
त्यस्तै, एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेका बालबालिकाले पाँच वर्षभित्र लगाइसक्नुपर्नेछ । पाँच वर्षमूनिका सम्पूर्ण बालबालिकाका लागि आठ हप्ताको फरकमा दुई मात्रा खोप लगाउने गरिएको थियो ।
अब भने १६ हप्ता (चार महिना) को फरकमा दुई मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले परिवर्तित नियमित खोप तालिकाअनुसार आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

