
जनस्वास्थ्य सरोकार, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मदाने गाउँपालिका वार्ड ७ र भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको संयुक्त संयोजन तथा रेडियो रेसुङाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा हाडजोर्नी रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र जनरल फिजिसियन रोग विशेषज्ञ सेवा सहितको विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा निशुल्क औषधि वितरण र ल्याब सेवा र भिडियो एक्सरे सहितको सेवा प्रदान गरिएको थियो ।
उक्त शिविरमा मदाने गाउँपालिका लगायत छिमेकी पालिकाका करिब छ सय बिरामीले सेवा लिएका थिए । उक्त शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा कपिलमणि केसी, जनरल फिसियन डा सुशील पोखरेल र स्त्रीरोग विशेषज्ञ डा सोफिया थापाद्वारा सेवा प्रदान गरिएको थियो ।
उक्त शिविरको लागि सिद्दार्थ फर्मास्युटिकल्स प्राली, एसियन फर्मास्युटिकल्स प्राली र कृश मेडिसिन सप्लायर्स लगायतका धेरै संघसंस्थाबाट निःशुल्क औषधि उपलब्ध गराइएको थियो ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
