जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । चिकित्सा शिक्षा आयोगको एघारौँ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

‘कयौँ युवा डाक्टरहरूले लाखौँ खर्च गरेर पढ्नु भएको छ ।’—प्रधानमन्त्री प्रचण्डले भन्नुभयो–‘तर ३० देखि ४० हजारको जागिर छ नेपालमा । अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरूको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताउनुभयो । आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुनेगरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाइको आवश्यकता रहेको समेत बताउनुभयो ।
बैठकमा चिकित्सा शिक्षा आयोगका सदस्यहरूले राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राख्नुभएको थियो ।
सरकारी अस्पतालको जग्गा जोगाउन स्वास्थ्य मन्त्रालयको कडा निर्देशन
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्यलाई प्राथमिकता दिने सरकारको घोषणा
सोमबार, वैशाख २८, २०८३
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३


