
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ड्युटीमा खटिएका नर्सको चरित्रहत्या गर्ने उद्देश्यसहित टिकटकमा भिडिओ सार्वजनिक भएको भन्दै नेपाल नर्सिङ संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै यस्तो कार्यको विरोध गरेको हो ।
मिति २०८/१/२८ गते बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरको आकस्मिक केयर युनिटमा भएको नर्स र बिरामी कुरुवाबीचको संवादलाई बिना अनुमति टिकटकमा अपलोड गरेको भिडिओमा व्यक्त गरिएका प्रतिक्रिया सम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख छ ।
ड्युटीमा खटिएका नर्सहरूप्रति सत्य तथ्य नबुझी सतही रूपमा व्यक्त गरिएका तुच्छ टिप्पणी र नर्सिङ पेशाप्रति लाञ्छना लगाई आँच पुर्याउने कार्य भएको भन्दै संघले भर्त्सना गरेको छ ।
साथै सामाजिक सञ्जालमा आएका भिडिओ हेरेर गैरजिम्मेवारपूर्ण टिकाटिप्पणी नगर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न पनि माग राखिएको छ ।
केही दिअघि गिभिना मगर नाम गरेकी महिलाले अस्पतालमा नर्सहरूले गरेको व्यवहार उचित नभएको भन्दै ड्युटीमा खटिएका नर्सको भिडिओ खिची टिकटकमा सार्वजनिक गरेकी थिइन् । टिकटकले हाल उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

