
जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले महाराजगञ्ज नर्सिङ क्याम्पसका प्रमुख प्राध्यापक मुना रानाले क्याम्पसको करिकुलम कोर्सको हिमालयन बैंकमा रहेको करिब ११ लाख ८० हजार रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा सारेर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दिएको हो ।
क्याम्पस प्रमुख रानाले स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरी आफूलाई लाभ र सार्वजनिक संस्थालाई हानी पुर्याउने गरेको आरोप उजुरीमा लगाइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

