
जनस्वास्थ्य सरोकार, कालीकोट । कालीकोट जिल्लाको महाबै गाउँपालिका वडा नं ४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।
कक्षा कोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन गराउन समस्या भएकाले बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढलेकोलाई उपचार गरिए पनि निको नभएपछि आज मंगलबारबाट विद्यालय बन्द गरेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले स्वास्थ्यकर्मीको सल्लाहमा केही दिन विद्यालय बन्द गर्नु भनेपछि थप जोखिम नहोस् भनेर बन्द गरिएको बताउनुभयो ।
दशदेखि १४ वर्ष उमेर समूहका बालबालिका विद्यालयनजिकैको खोलामा पौडी खेलेर आएपछि कक्षाकोठामा बेहोस भएको अध्यक्ष सिहंको भनाइ छ ।
महाबै आधारभूत अस्पतालका डा। अरुण मण्डलले गर्मीमा पर्याप्त पानी नपिएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको बताउनुभयो ।
शरीरमा सुख्खापनाल यस्तो भएकाले विद्यार्थीलाई स्लाइन दिएपछि सबैलाई ठीक भइरहेको उहाँले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

