
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत संचालन हुने गरी ७२ वटा स्वास्थ्य संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको आयोगको ११ औँ पूर्ण बैठकले देशभरीका ७२ वटा स्वास्थ्य संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
आसय पत्र पाएका कलेजहरुमा ४ वटा नर्सिङ कलेज रहेका छन् । अरु स्वास्थ्य संस्थाहरुमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी रहेका छन् ।
आसय पत्र पाएका कलेजहरुको सिटिइभिटी र आयोगको अनुगमनपछि अध्ययन अध्यापनका लागि सिट निर्धारण गरिने आयोगका निर्देशक डा. दिलिप शर्माले जानकारी दिनुभयो ।




प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

