
जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवा लिने महिलालाई यातायात खर्च बापत दुई हजार रुपैयाँ दिन शुरु गरिएको छ । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार उक्त रकम दिन शुरु गरिएको हो ।
अस्पतालले जेठ १ गतेदेखि प्रसूति लिएका महिलालाई जनही दुई हजार रुपैयाँ नगद दिन थालेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, चार पटक पूर्व प्रसूति जाँच कुनै पनि सरकारी स्वास्थ्य संस्थामा गराएको रेकर्ड भएमा थप ८०० रुपैयाँ पनि दिइने उहाँले बताउनु भयो ।
अस्पतालले यसअघि प्रसूति सेवा लिने महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने गरेको थियो । सरकारले हिमाली जिल्लामा प्रसूति सेवा लिनेलाई तीन हजार, पहाडी जिल्ला, भित्री मदेशका जिल्ला र काठमाडौँ उपत्यकाका जिल्लाका महिलालाई दुई हजार रुपैयाँ र तराई जिल्लाका महिलालाई एक हजार रुपैयाँ यातायात खर्च दिने निर्देशिका बनाएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

