
जनस्वास्थ्य सरोकार, सिन्धुली । सिन्धुली अस्पतालमा डाक्टरको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोडसहित राजमार्ग बन्द गरेका छन्।
कमलामाई नगरपालिका–५ सिलामेकी २९ वर्षीया गर्भवती गंगा गुरूङ श्रेष्ठको मंगलवार उपचारका क्रममा मृत्यु भएपछि आफन्तसहितका आक्रोसित भिडले अस्पताल तोडफोड गरेको हो।
जिल्ला अस्पतालका डाक्टरले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्। अस्पतालमा सयौंका संख्यामा जम्मा भएकाले तोडफोडमा उत्रिएका छन्।
अहिले अस्पताल परिसरमा अवस्था तनावग्रस्त छ। बिपि राजमार्गको शान्तिनगरचोकमा टाएर बालेर सडक अबरुद्ध गरिरहेका छन्।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

