
जनस्वास्थ्य सरोकार, काठमाडौँ। गर्भवतीको मृत्यु भएपछि सिन्धुली जिल्ला अस्पतालको बन्द रहेको सेवा पुनः सुचारु भएको छ । गर्भवतीको मृत्यु भएपछि घटनालाई लिएर आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए ।
अस्पताल व्यवस्थापन, सरोकारवाला र पीडितपक्षबीच सहमति भएपछि तोडफोड भएका सामान मर्मत गरी सेवा सुचारु भएको हो ।
सहमति अनुसार घटनाको छानबिनका लागि समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने भएको छ ।समितिमा मन्त्रालबाट तोकिएका चिकित्सक २ जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि १ र पीडित पक्षबाट १ जना रहनेछन् ।
यस्तै, अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीहरुको व्यवहारगत पक्षमा सुधार गर्ने सहमति भएको छ ।
कमलामाई नगरपालिका–५ सिलामेकी २९ वर्षीया गर्भवती गंगा गुरूङ श्रेष्ठको मंगलवार उपचारका क्रममा मृत्यु भएपछि आफन्तसहितका आक्रोसित भिडले अस्पताल तोडफोड गरेको थियो ।
।

चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

