
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विशेषगरि युवा पुस्ता माँझ हुक्का सेवन निकै चर्चित भइरहेको छ । चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भनेको पनि सुनिन्छ ।
तर छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भन्ने कुरा मिथ्या भएको बताउनुहुन्छ ।
‘हामीले एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तानिरहेका हुन्छौँ भने एक सेसन हुक्काको प्रयोग गर्दा खेरि त्यसबाट ९० देखि २०० लिटरसम्म धुवाँ हामीले तानिरहेका हुन्छौँ। त्यसको अर्थ के भने एक पटक हामीले हुक्काको सेवन गर्दा त्यसको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ ।’ –छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी भन्नुहुन्छ ।
हुक्का तान्दा हाम्रो शरीरमा के हुन्छ ?
हुक्काको धुँवाबाट ८० भन्दा बढी प्रकारका हानीकारक ग्याँस र रसायनहरु निस्कन्छन भनेर विभिन्न अध्ययनहरुले देखाएको छ । हुक्का तान्दा निस्कने ग्याँस र रसायनहरु श्वासनली हुँदै फोक्सोको भित्रि भागसम्म पुग्दछ । त्यसले गर्दा दम बढ्ने, खोकी लाग्ने, खकार आइराख्ने, निमोनियाको जोखिम बढ्ने र निकट भविश्यमा फोक्सोको क्यान्सर पनि हुन सक्छ ।
डा. राजु पङ्गेनी भन्नुहुन्छ–‘चारकोल (कोइला) जलाउँदा त्यसबाट कार्वन मोनोअक्साइड र अरु विभिन्न ग्याँसहरु निस्कन्छन । कतिपय ग्याँस र स–साना मिहिन खालका कणहरु सिधै रगतमा पुग्छन । यो रक्तसञ्चार प्रणालीमा पुग्नेवित्तिकै शरीरका विभिन्न अंगहरु जस्तै मुटु, मिर्गौला, मुत्र थैलीमा पुगेर जटिल किसिमका समस्याहरु निम्त्याउन सक्छ । कतिपय हाम्रो दिमागमा गएर न्युरोलोजिकल (स्नायू) प्रणालीमा समेत असर गर्न सक्ने हुन्छन् ।’
उहाँ थप्नुहुन्छ–‘हुक्काको धुवाले आफु वरपर बस्ने व्यक्तिलाई पनि प्रत्यक्ष असर गरिरहेको हृुन्छ ।कतिपयले चुरोटभन्दा हुक्का कम हानीकारक हुन्छ भन्ने गरेको सुनिन्छ । यो सबै मिथ्या हो, यसमा कुनै सत्यता छैन ।’ बीबीसीबाट
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
