
जनस्वास्थ्य सरोकार, नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । करिब रु ३४ करोडको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याइने डा. चापागाईँकोे भनाइ छ ।
आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार रातो, पहेँलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ । बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ ।
सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ । यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए ।
यसैबीच भेरी अस्पताल विकास समितिका पदाधिकारीको समेत बिदाइ गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सरस्वती मल्ल, कृष्णप्रसाद श्रेष्ठ र धनराम ओलीको बिदाइ गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले कदरपत्रसहित सम्मान गर्दै समितिका पदाधिकारीलाई बिदाइ गर्नुभयो ।
अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ जेठ १३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन वर्षका लागि नियुक्त गरेको थियो । भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षणसमेत गराइएको छ । अस्पतालमा एक हजार तीन सय ७६ कर्मचारी आवश्यक रहेकोे बताइएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
