
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु परीक्षण गरिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मेडिकल संयोजक डा. अभिषेकराज सिंहका अनुसार राष्ट्रिय टिमका खेलाडी तथा अफिसियलको निःशुल्क मुटु परीक्षण गरिएको हो। उहाँका अनुसार सबै जनाको मुटुको अवस्था सामान्य देखिएको छ ।
क्यानले यसअघि चैत पहिलो साता सिभिल सर्भिस अस्पतालमा राष्ट्रिय टिमका खेलाडीको जनरल हेल्थ चेकअप गरेको थियो । त्यतिबेला कुनै पनि खेलाडीको जटिल स्वास्थ्य समस्या देखिएको थिएन ।
त्यस्तै गत साता सशस्त्र प्रहरी अस्पताल बलम्बुमा टिमका खेलाडीको डेक्सा स्क्यानिङ गरिएको थियो । त्यो भनेको खेलाडीको हड्डीको परीक्षण हो । चैतमा क्यानले डा. अभिशेक सिंहलाई टिम चिकित्सकका रुपमा नियुक्ति दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

