
जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित भरतपुर अस्पतालले भोलि शुक्रबार (आज) देखि दीर्घरोगीलाई एकै पटक तीन महिनाको लागि औषधि दिने भएको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानुपर्ने बिरामीहरूको लागि तीन महिनाको औषधि एकै पदक दिने व्यवस्था गरिएको हो ।
मधुमेह, उच्च रक्तचाप, थाईराईड जस्ता रोगको औषधि नियमित खानुपर्ने बिरामीलाई अस्पतालले यसअघि दुई महिनाको लागि एकै पटक औषधी दिँदै आएको थियो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बिमा बोर्डले दिर्घरोगीका लागि तीन महिनाको लागि एकै पटक औषधि दिनु भन्ने निर्देशन गरेसँगै शुक्रवारबाट औषधि दिन लागिएको जानकारी दिनु भयो । ‘नियमित यी औषधि खाने बृद्धाबृद्धा ,असक्त र दीर्घ रोगीका लागि सहज पनि हुन्छ , पौडेलले भन्नुभयो, अस्पतालमा बिरामीको चाप पनि कम हुन्छ । ’
जिओपिडिमा बेलुकी ५ बजेसम्म चिकित्सक रहने र २ बजेसम्म टिकट पाईने हुँदा औषधि लेखाउनु पर्ने बिरामी १ बजे आएर सेवा लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म धेरै भिड हुने भन्दै अस्पतालले सेवाग्राहीलाई १ बजेपछि आउन आग्रह गरेको छ ।
दीर्घरोगीहरुले स्वास्थ्य बीमा मार्फत् औषधि खरिद गर्न चिकित्सकको प्रेस्क्रिप्सन चाहिने हुँदा औषधि लेखाउन मात्रै पनि टिकट काटेर ओपिडीमा गएर चिकित्सकलाई जँचाउन सक्नेछन् ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
