
जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित भरतपुर अस्पतालले भोलि शुक्रबार (आज) देखि दीर्घरोगीलाई एकै पटक तीन महिनाको लागि औषधि दिने भएको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानुपर्ने बिरामीहरूको लागि तीन महिनाको औषधि एकै पदक दिने व्यवस्था गरिएको हो ।
मधुमेह, उच्च रक्तचाप, थाईराईड जस्ता रोगको औषधि नियमित खानुपर्ने बिरामीलाई अस्पतालले यसअघि दुई महिनाको लागि एकै पटक औषधी दिँदै आएको थियो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बिमा बोर्डले दिर्घरोगीका लागि तीन महिनाको लागि एकै पटक औषधि दिनु भन्ने निर्देशन गरेसँगै शुक्रवारबाट औषधि दिन लागिएको जानकारी दिनु भयो । ‘नियमित यी औषधि खाने बृद्धाबृद्धा ,असक्त र दीर्घ रोगीका लागि सहज पनि हुन्छ , पौडेलले भन्नुभयो, अस्पतालमा बिरामीको चाप पनि कम हुन्छ । ’
जिओपिडिमा बेलुकी ५ बजेसम्म चिकित्सक रहने र २ बजेसम्म टिकट पाईने हुँदा औषधि लेखाउनु पर्ने बिरामी १ बजे आएर सेवा लिन सक्ने अस्पतालले जानकारी दिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म धेरै भिड हुने भन्दै अस्पतालले सेवाग्राहीलाई १ बजेपछि आउन आग्रह गरेको छ ।
दीर्घरोगीहरुले स्वास्थ्य बीमा मार्फत् औषधि खरिद गर्न चिकित्सकको प्रेस्क्रिप्सन चाहिने हुँदा औषधि लेखाउन मात्रै पनि टिकट काटेर ओपिडीमा गएर चिकित्सकलाई जँचाउन सक्नेछन् ।
-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२