
जनस्वास्थ्य सरोकार, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा मौसमी रुघाखोकी र निमोनियाको बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण केहिदिन यता रुघाखोकी, ज्वरो र निमोनियका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल फाप्लुको ओपीडीमा आउने बिरामीमा करिब ५० प्रतिशत रुघाखोकी तथा ज्वरोका बिरामी रहेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो। उहाँका अनुसार ओपीडीमा दैनिक करिब ८०–९० जना बिरामी आउने गरेकोमा ४०–५० जना रुघाखोकीका हुने गरेका छन् ।
कतिपय जटिल अवस्थामा पुगेका बालबालिकाहरू भर्ना नै गरेर उपचार भइरहेको अस्पतालले जनाएको छ । यता,दुधकाशी सामुदायिक अस्पताल मुक्लीमा पनि रुघाखोकी,ज्वरो र निमोयिका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
हाल निमोनियाका विरामीले अस्पतालको ६ वटै वार्ड भरिएको अस्पताल प्रमुख अस्मिता बिष्टले बताउनुभयो । अस्पतालमा रुघाखोकी तथा निमोनियाको समस्या लिएर आउने अधिकां बिरामी बालबालिका रहेको प्रमुख विष्टले बताउनुभयो ।
मौसम परिवर्तनको समय भएकाले पानी उमालेर मात्रै पिउन,बासी खानेकुराको नखान तथा सरसफाइमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव लिएका छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
