
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस वर्षको ‘सासाकावा स्वास्थ्य पुरस्कार’ निक साईमन्स इन्स्टिच्यूटलाई प्रदान गरेको छ ।
डब्लुएचओले २० हजार डलर राशीको ‘सासाकावा स्वास्थ्य पुरस्कार’ यस वर्ष निक साईमन्स इन्स्टिच्यूटलाई प्रदान गरेको हो ।
डब्लूएचओको मुख्यालय स्वीट्जरल्याण्डको जेनेभामा भएको समारोहमा निक साईमन्स इन्स्टिच्यूटकी कार्यकारी निर्देशक डा. अर्चना अमात्यलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
निक साईमन्स इन्स्टिच्यूटललाई नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो ।
डब्लूएचओले विश्वमा रहेका मानिसहरुको स्वास्थ्य सुधारमा उल्लेख्य योगदान गरेका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
डब्लूएचओका महानिर्देशकको अध्यक्षतामा रहेको सासाकावा स्वास्थ्य पुरस्कार चयन समितिद्वारा विजेताहरु चयन गरी कार्यकारी बोर्डद्वारा मतदान गरिन्छ ।
यो पुरस्कार सन् १९८४ मा जापान सिपबिल्डर्स एशोसियनका तत्कालीन अध्यक्ष रयोची सासाकावाको पहलमा डब्लूएचआका तात्कालीन महानिर्देशक हाफदान महलरसँगको सहमतिमा स्थापना भएको हो ।
निक साइमन्स विगत १६ बर्षदेखि नेपालको ग्रामीण स्वास्थ्य सेवाको गुणस्तरलाई अभिवृद्धि गरी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रप्त गर्न सकून भन्ने उद्देश्यले कार्यक्रम संचालन गर्दै आएको गैरसरकारी संस्था हो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
