
जनस्वास्थ्य सरोकार, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालको लागि आवश्यक सी–आम मेसिन प्रदान गरेको छ । नगरपालिकाले २८ लाख रुपैयाँमा खरिद गरेको उक्त मेसिन एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेलाई हस्तातरण गर्नुभएको हो ।
गुल्मी अस्पतालमा हाडजोर्नी सेवा दिनका लागि रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएर बिशेषज्ञ डक्टर राखिएको छ । हाडजोर्नी उपचारको क्रममा आवश्यक पर्ने सी–आम मेसिन आबश्यक रहेकाले नगरपालिकाले अस्पताललाई प्रदान गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
हाडजोर्नी उपचारको क्रममा आवश्यक पर्ने सी–आम मेसिनको अभावका कारण उपचारमा समस्या हुने गरेको थियो । गुल्मी अस्पतालमा अहिले हाडजोर्नीको उपचार हुनथालेपछि यहाँका बिरामीलाई राहत भएको छ ।
जिल्लामा बिशेषज्ञ डक्टरको अभावमा हाडजोर्नीको सानो समस्या हुँदा पनि अन्यत्र जानुपर्ने अवस्था रहेको थियो । तर अहिले जिल्लामै उपचार गर्न हाडजोर्नी बिशेषज्ञ डक्टर प्रदीप शिवाकोटीले सेवा दिँदै आउनु भएको छ ।
गुल्मी अस्पतालबाट हाल औसतमा दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउँदै आएका छन् । जसमा ५ देखि ७ जनाले जन्मजात हातखुट्टा बाङ्गाटिङ्गा समस्याको उपचार गराएका छन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

