जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा मुख स्वास्थ्यसम्बन्धि समस्या उच्च रहको भन्दै चिन्ता व्यक्त गरिएको छ । दन्त स्वास्थ्यका बारेमा पर्याप्त बहस नभएको र यसले मुखको स्वस्थ्यमा जोखिम निम्तिन सक्ने उनीहरूको भनाइ छ ।

सहरी क्षेत्रमा भन्दा नेपालका दुर्गम क्षेत्रमा दन्त रोग सम्बन्धि चेतना र पहुँच अझैपनि निकै कम भएको उनीहरूको अनुभव रहेको छ । नेपाल डेन्टल एसोसिएसनको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्ने क्रममा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सो धारणा व्यक्त गरिएको हो ।
मुख स्वास्थ्य सम्बन्धि समस्यालाई हेलचेक्राइको रुपमा लिन नहुने र यसबारे सचेतना फैलाउन आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्। दन्तसम्बन्धी प्रभावकारी अभियान नचाले मुख सम्बन्धी समस्याले जटिल रूप लिनसक्ने देखिन्छ । खासगरी तुलनात्मक रूपमा दन्त चिकित्सा क्षेत्र अझै पनि ओझेलमा परेको देखिन्छ । यसमा सुधारको समेत उत्तिकै आवश्यकता देखिन्छ । हाल मुलुकमा करिब ५ हजारको हारहारीमा दन्त चिकित्सक रहेका छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
