
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व धूम्रपान तथा सूर्तीजन्य पदार्थरहित दिवस । यस वर्ष ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । यस विषयवस्तुको उद्देश्य सूर्ती कृषकहरूलाई वैकल्पिक बाली उत्पादनको बारेमा सचेत गराउनु रहेको छ ।
यो दिवस हरेक वर्ष मे ३१ मा मनाइन्छ । यस दिवसमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ ।
सन् १९७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सूर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपानरहित दिवस स्थापना गरेका थिए । त्यसपछि सन् १९८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको सभाले विश्व धूम्रपानरहित दिवस पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।
सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि घातक मानिन्छ । सूर्ति तथा सूर्तिजन्य पदार्थको सेवनले व्यक्तिको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । तर, यो थाहा हुँदाहुँदै पनि विश्वभर ठूलो संख्यामा मानिसले कुनै न कुनै रूपमा सूर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् । मानिसमा बिडी, चुरोट, गुट्खा सेवनले धेरै रोगको जोखिम बढाउँछ ।
धुम्रपानले धमनीहरूलाई कमजोर बनाउँछ र कोरोनरी हृदय रोग र स्ट्रोक निम्त्याउन सक्छ । केही अध्ययनहरूले पछिल्ला केही वर्षहरूमा हृदयाघातको विश्वव्यापी वृद्धिका लागि सम्भावित कारकको रूपमा धूम्रपानलाई पनि सुझाव दिएका छन् । यसबाहेक सूर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर वा फोक्सोको रोग पनि निम्त्याउन सक्छ ।
यस्तो अवस्थामा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनतालाई सचेत गराउने उद्देश्यले हरेक वर्ष विश्वभर विश्व धुम्रपान रहित दिवस मनाइन्छ ।
विज्ञहरूका अनुसार सुर्ती सेवनले धेरै गम्भीर र ज्यान जोखिममा पार्ने रोगको जोखिम बढाउँछ । फोक्सोको क्यान्सर, कलेजोको क्यान्सर, मुखको क्यान्सर, पेटको क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम बढाउँछ । यस बाहेक मुटु रोग र इरेक्टाइल डिसफंक्शन जस्ता रोग पनि लाग्न सक्छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
