
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले भक्तपुरका ५० बढी किसानलाई सम्मान गरेको छ।
विश्व सुर्तीजन्य वस्तुरहित दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सेन्टरले भक्तपुरका चार वटा नगरपालिकाका ५० बढी किसानलाई सम्मान गरेको हो।
क्यान्सरबारे अभिमुखिकरणका साथ सुर्तीजन्य उत्पादन घटाउनका लागि किसानले खेलिरहेको भूमिकाको कदर गरी गरेको सेन्टरले जनाएको छ।
उनीहरुलाई चाँगुनारायण नगरपालिकाका उपनगर प्रमुख रमेश बुढाथोकी, चाँगुनारायण नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष गणेश त्यात, सेन्टरका प्रमुख कार्यकारी निर्देशक डा अञ्जनीकुमार झा लगायतले सम्मान गर्नुभएको थियो ।
उपनगर प्रमुख बुढाथोकीले चाँगुनारायण नगरपालिका पनि क्यान्सरको जोखिममा रहेको उल्लेख गर्दै क्यान्सरबाट जोगिनका लागि खानपानका साथ आनीबानीमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अतिथिहरुले धूँवा आउने/नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ सेवन गर्न नहुनेमा जोड दिएका थिए।
किसानसँग क्यान्सर सम्बन्धी अन्तरक्रिया समेत भएको उक्त कार्यक्रममा क्यान्सरबाट जोगिने उपायहरुबारे छलफल भएको आयोजक सेन्टरले जनाएको छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
