
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले भक्तपुरका ५० बढी किसानलाई सम्मान गरेको छ।
विश्व सुर्तीजन्य वस्तुरहित दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको फैढोकास्थित सेन्टरले भक्तपुरका चार वटा नगरपालिकाका ५० बढी किसानलाई सम्मान गरेको हो।
क्यान्सरबारे अभिमुखिकरणका साथ सुर्तीजन्य उत्पादन घटाउनका लागि किसानले खेलिरहेको भूमिकाको कदर गरी गरेको सेन्टरले जनाएको छ।
उनीहरुलाई चाँगुनारायण नगरपालिकाका उपनगर प्रमुख रमेश बुढाथोकी, चाँगुनारायण नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष गणेश त्यात, सेन्टरका प्रमुख कार्यकारी निर्देशक डा अञ्जनीकुमार झा लगायतले सम्मान गर्नुभएको थियो ।
उपनगर प्रमुख बुढाथोकीले चाँगुनारायण नगरपालिका पनि क्यान्सरको जोखिममा रहेको उल्लेख गर्दै क्यान्सरबाट जोगिनका लागि खानपानका साथ आनीबानीमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अतिथिहरुले धूँवा आउने/नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ सेवन गर्न नहुनेमा जोड दिएका थिए।
किसानसँग क्यान्सर सम्बन्धी अन्तरक्रिया समेत भएको उक्त कार्यक्रममा क्यान्सरबाट जोगिने उपायहरुबारे छलफल भएको आयोजक सेन्टरले जनाएको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
