
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले विपन्न तथा लक्षित वर्गलाई १० प्रतिशत शैया छुट्टयाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै महानगरपालिकाले विपन्न तथा लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७, परिच्छेद २४ को दफा ७० (घ) एवं वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका, २०७५ को परिच्छेद ३ को बुँदा नम्बर १५ को (१) (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत अनिवार्य छुट्टयाई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, स्थानीय सरकार ऐन, २०७४ को दफा ११ (४) मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई हुने उल्लेख छ । महानगरपालिकाले सूचना जारी गर्दै निःशुल्क सेवा लिएका व्यक्तिहरुको दैनिक विवरण सूचना पार्टीमा टाँस गर्न र सोको प्रतिवेदन मासिक रुपमा जनस्वास्थ्य प्रवर्द्धन शाखामा उपलब्ध गराउन भनेको छ ।
साथै, निर्देशनबमोजिम लक्षित वर्गको उपचार नगर्ने स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
