जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा ट्रु डर्मा एसए प्रा.लि.ले पार्लर रेञ्जमा ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरू बजारीकरण शुरू गरेको छ ।

अमेरिकन प्रविधिमा उत्पादन भएका यस्ता सामाग्रीहरू कपालसम्बन्धी सबैखालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियल लगायत सम्पूर्ण रेञ्जमा रहेका छन् ।
गुणस्तर
ट्रु डर्मा एसएका सञ्चालक सुशान्त मुरारका भन्नुहुन्छ—‘सेवाग्राहीले खोजेजस्तै चम्किलो र चिल्लो कपाल होस्, कपाल नझरोस् भनेर रिसर्च एण्ड डेभलभमेन्टअन्तर्गत करिब डेढ वर्षको समय अध्ययन गरेर राम्रो परिणाम देखिएपछि मात्र यो उत्पादन बजारमा शुरू गरेका छौं । ट्रु डर्मा एसए अन्तर्गत अमेरिकन प्रविधिमा भारतमा उत्पादन भएका यी सौन्दर्य सामाग्रीहरूको गुणस्तरमा विश्वस्त छौं ।’
जथाभावी गुणस्तहीन केराटिनको प्रयोगले कपाल झर्ने बिग्रन सक्ने भएकाले जहिले पनि उच्च गुणस्तरको केराटिन उपचार गर्नुपर्दछ ।
ट्रु मीका उत्पादन केमिकलरहित भएको मुरारकाले स्पष्ट पार्नुभयो । यसले सेवाग्राहीको आँखा, छाला र कपाललाई कुनै असर गर्दैन ।
अमेरिकन प्रविधिको केराटिन उपचारले कर्ली कपाललाई पनि स्ट्रेट बनाउँछ । केराटिन एक प्रकारको प्रोटिन हो जसले कपाललाई शक्ति प्रदान गर्नुका साथै कपाल चिल्लो र चम्किलो बनाउन मद्धत गर्छ । केराटिन स्याम्पो र हेयर सेरम आफैले पनि प्रयोग गर्न सकिन्छ । तर केरोटिन उपचार प्रायः पार्लरहरूमा धेरै हुने गर्छ ।
प्रायः व्युटिसियनहरुलाई केरोटिन उपचारको अनुपात मिलाउन सक्ने ज्ञान हुने भएकाले देशका विभिन्न भागका व्युटिसियनहरुलाई तालिम दिन सुरु गरेको मुरारकाले जानकारी दिनुभयो ।
पहिलो चोटी केराटिन उपचार गर्दा स्किन प्याच टेष्ट गराउनुपर्दछ । सेवाग्राहीले आफ्नो छालाको प्रकृति हेरेर उपचार रोज्न सक्छन् ।
यो कस्मेटिक पसल, फार्मेसी र पार्लरहरूमा उपलब्ध छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
