
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन् ।
भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद र जरिबानाको सजाय सुनाएको हो ।
न्यायाधीशद्वय बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना तोकेको छ। दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो ।
अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन् । प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण (वस्तु) तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

