
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००–६४ च्यानलको थ्री टेस्ला एमआरआई बिहीबारबाट प्रयोगमा ल्याएको हो ।
नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री टेस्ला एमआरआई प्रयोगमा थिए । केएमसीले त्यो भन्दा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याएको केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदिप मिश्रले जानकारी दिनुभयो ।
बढी क्षमता भएकाले यो एमआरआई छिटो र स्तरीय हुन्छ । सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर, अन्य मेसिनले ३० मिनेट लगाउने बिरामीलाई यो मेसिनमा करिब ५ मिनेटमै एमआरआई गर्न सकिन्छ ।
त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रष्टसँग पत्ता लगाउन सकिने रेडियोलोजी विभागका इन्चार्ज मिश्रले बताउनुभयो।
जर्मनीमा बनेको सिमेन्स कम्पनीको यो एमआरआई केएमसीले करिब २५ करोडको लागतमा खरिद गरेको हो ।
अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएर अन्यत्रको तुलनामा सस्तो दरमा सेवा उपलब्ध गराइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
