
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००–६४ च्यानलको थ्री टेस्ला एमआरआई बिहीबारबाट प्रयोगमा ल्याएको हो ।
नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री टेस्ला एमआरआई प्रयोगमा थिए । केएमसीले त्यो भन्दा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याएको केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदिप मिश्रले जानकारी दिनुभयो ।
बढी क्षमता भएकाले यो एमआरआई छिटो र स्तरीय हुन्छ । सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर, अन्य मेसिनले ३० मिनेट लगाउने बिरामीलाई यो मेसिनमा करिब ५ मिनेटमै एमआरआई गर्न सकिन्छ ।
त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रष्टसँग पत्ता लगाउन सकिने रेडियोलोजी विभागका इन्चार्ज मिश्रले बताउनुभयो।
जर्मनीमा बनेको सिमेन्स कम्पनीको यो एमआरआई केएमसीले करिब २५ करोडको लागतमा खरिद गरेको हो ।
अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएर अन्यत्रको तुलनामा सस्तो दरमा सेवा उपलब्ध गराइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

