
जनस्वास्थ्य सरोकार, दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माले सञ्चालन गराउनुभएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराउनुभएको हो ।
दैलेखको आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच ईसीजी, १०७ जनाको ईको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो ।
बुधबार आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ३ सय २२ जना बिरामीको उपचार गरिएको थियो । बिहीबार चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गरिएको शिविरमा १ हजार ५ सय ६३ जना र शुक्रबार दुल्लु नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ७ सय ५३ विरामीको निःशुल्क उपचार गरिएको छ ।
शिविर सञ्चालनका लागि दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाहीले समन्वय गर्जुभएको थियो । सांसद साही र स्थानीय पालिकाहरुसँगको समन्वयमा सांसद शर्माले तीन वटै ठाउँमा शिविर सञ्चालन गराउनुभएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

