
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषण वातावरण र मानव जीवनका लागि ठुलो खतरा भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले वातावरण दिवसका अवसरमा एक सन्देश जारी गर्नुहुँदै प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले भरिपूर्ण हाम्रो देश नेपाल पनि प्लास्टिक फोहोरको हानिकारक प्रभावबाट अछुतो रहन नसकेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई वातावरण संरक्षणमा एकजुट हुन आह्वान समेत गर्नुभएको छ ।
‘‘हामी सबै मिलेर यस खतराको सामना गर्न सक्छौँ र सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौँ । हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवं पुनः प्रयोग गर्न ठोस कदमहरू चाल्नै पर्दछ । यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमहरूको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पहरूको प्रयोगलाई प्रोत्साहन गर्नु पर्दछ’, पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
