
जनस्वास्थ्य सरोकार, डोटी । डोटीको शिखर नगरपालिकाले खोप लगाउन छुटेका बालबालिकाहरुलाई सम्पर्कमा ल्याए पुरस्कार दिने घोषणा गरेको छ ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्दै खोप लगाउन छुटेका बालबालिका ल्याए प्रति बालबालिका पाँच सय रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताउनुभयो ।
‘हामीले अहिलेसम्म नगरका कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट छुटाएका छैनौँ । कोही कसैले खोप लगाउन छुटेका बालबालिकालाई सम्पर्कमा ल्याएँ जनही पाँच सय रुपैयाँ पुरस्कार दिने छौँ ।’–उहाँले भन्नुभयो ।
निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेको दाबी गर्दै नगरपालिकाले कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

