
जनस्वास्थ्य सरोकार, डोटी । डोटीको शिखर नगरपालिकाले खोप लगाउन छुटेका बालबालिकाहरुलाई सम्पर्कमा ल्याए पुरस्कार दिने घोषणा गरेको छ ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्दै खोप लगाउन छुटेका बालबालिका ल्याए प्रति बालबालिका पाँच सय रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताउनुभयो ।
‘हामीले अहिलेसम्म नगरका कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट छुटाएका छैनौँ । कोही कसैले खोप लगाउन छुटेका बालबालिकालाई सम्पर्कमा ल्याएँ जनही पाँच सय रुपैयाँ पुरस्कार दिने छौँ ।’–उहाँले भन्नुभयो ।
निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेको दाबी गर्दै नगरपालिकाले कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



