
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप गरिएको छ ।
यसअघि, जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा २६ गते शुक्रवारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ । बर्से बिदाबाट कट्टी हुने गरी बिदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।
दिन प्रतिदिन गर्मी बढ्दै जाँदा पठन पाठनमा समस्या हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा थप गरिएको थापाले बताउनुभयो ।
साथै जेठ २८ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय गरी बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न भनिएको छ । त्यसको जानकारी नेपालगञ्ज उपमहानगरपालिकालाई गराउनुपर्नेछ ।
नेपालगञ्जको अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

