जनस्वास्थ्य काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषयगत शिक्षकको रूपमा काममा नलगाउन आग्रह गरेको छ ।
यदि काम लगाएको भेटिएमा सम्बन्धित विद्यालयलाई कारवाही गरिने चेतावनी दिएको छ ।

विभिन्न स्थानीय तहमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रूपमा काम गर्न लगाएको अनुगमन र निवेदन मार्फत जानकारी पाएको भन्दै सो कार्य रोक्न विज्ञप्तीमार्फत निर्देशन दिइएको जनाइएको छ ।
एक विद्यालय एक नर्स कार्यक्रम २०७८ कार्यविधिको दफा ४० बमोजिम विद्यालय नर्सलाई शिक्षकको रूपमा काम लगाउन नहुने उल्लेख छ ।
एक विद्यालय एक नर्स कार्यक्रम आ.व. २०७९÷८० सम्ममा ११९ वटा स्थानीय तहका ५१९ वटा विद्यालयमा लागु भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

