
सुरुवाती दिनमा नेपालमा छाला सम्बन्धि औषधि मात्रै उत्पादन गरेर टिक्न नसकिने मान्यता थियो । तर चिकित्सकहरूको विश्वास जितेर मुलुकमा छाला सम्बन्धि औषधिमा धेरै हदसम्म आत्मनिर्भर बन्न सफल भएका छौं ।
स्वदेशी औषधि उद्योगहरूले मुलुकको अर्थतन्त्रमा राम्रो टेवा पुर्याएका छन् । बैकिङ पछि दोस्रो ठूलो क्षेत्र औषधि उद्योग नै हो । नेपालका औषधि उद्योगहरू संगठित, व्यवस्थित र पूर्ण मापदण्ड पालना गरेर अघि बढिरहेका छन् । विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) को गाइडलाइनअनुसार सञ्चालन भएकाले स्वदेशी उत्पादन विश्व बजारसँग प्रतिस्पर्धी छन् ।
त्यसैले नेपाल सरकारले आयात कम गरी स्वदेशी उत्पादन निर्यातमा प्रोत्साहन र हौसला दिनुपर्छ । सुरक्षाको प्रत्याभूति दिन नसक्दा स्वदेशी कम्पनी टिक्न धौ धौ पर्नसक्छ ।
औषधि व्यवस्था विभागले काठमाडौँ केन्द्रित भएर काम गरिरहेको छ । विभागका वीरगञ्ज, विराटनगर र नेपालगञ्ज शाखा कार्यालयहरू भएपनि पूर्ण जिम्मेवारी दिएर काम गराउन सकिरहेको छैन । विभागका कर्मचारीहरूको जिम्मेवारी अनुगमनमा मात्र केन्द्रित छ । लाइसेन्स वितरण, पैठारी सिफारिस, नविकरण जस्ता कार्यको जिम्मा सबै शाखा कार्यालयहरूलाई दिनुपर्छ । साथै विभागको शाखा विस्तार र विकास तर्फपनि ध्यान दिन आवश्यक देखिन्छ ।

विशेषगरी खुला सिमाको फाइदा उठाउँदै अवैध बाटोबाट भन्सार छलिका औषधि र औषधिजन्य वस्तुहरु नेपाल भित्रिने गरेकाले सरकारले यसलाई नियन्त्रण गरी दोषीलाई कानूनी दायरामा ल्याउन पहल गर्नुपर्छ ।
विदेशीहरूको सिको गर्नु भन्दा देशको माटो सुहाँउने नीति नियम बनाउनुपर्छ । हाम्रो माटोमा के बिक्छ, जनताको पहुँच के–कति छ भन्ने कुराको ख्याल राख्नुपर्छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

