औषधि व्यवस्था विभागले एक समयमा गरेको विभागीय निर्णयको परिणाम भ्याट तिरेर आएका कस्मेटिक र केही औषधिहरू मुलुकमा भित्रिएर बिक्रीवितरण भइरहेका छन् । खुला बजारको समस्या विकराल छ ।

बजारलाई असर
नेपालमा कुनै निकायसँग प्रोडक्ट दर्ता नभई ल्याव र गुणस्तरीय पारामिटर परीक्षण नभएका, हेर्दा औषधि जस्तो बनावट भएका औषधिजन्य सामाग्री कस्मेटिकका रूपमा आएर बजारलाई समस्यामा पारेको छ । उनीहरूको बिक्री गर्ने ठाउँ व्युटिपार्लर, क्लिनिक खोलेर बसेका डाक्टर, हस्पिटल रहेका छन् । यसले नेपाली बजारलाई नराम्रो असर गरेको छ ।
सिष्टमको जरूरत
नेपालमा कुनै निकायसँग प्रोडक्ट दर्ता नभई ल्याव र गुणस्तरीय पारामिटर परीक्षण नभएका, हेर्दा औषधि जस्तो बनावट भएका औषधिजन्य सामाग्री कस्मेटिकका रूपमा आएर बजारलाई समस्यामा पारेको छ । यसलाई सिस्टममा ढाल्न जरूरी छ । यसमा सम्बन्धित निकाय चुप लागेर बस्न हुँदैन ।
नेपाली उत्पादनलाई प्रोत्साहन
अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका नेपाली औषधि कम्पनिका उत्पादन सिफारिस गर्नु सम्बन्धित चिकित्सकहरूको कर्तव्य हो । चिकित्सकहरूलाई आग्रह गर्नु उत्पादक कम्पनिको हक हो । स्वदेशी औषधि उपभोग गर्नु उपभोक्ताहरूको दायित्व हो । त्यसैले नेपाली उत्पादन प्रोमोट गर्नमा उत्पादक कम्पनि, चिकित्सक र उपभोक्ताको समिश्रण आवश्यक पर्छ ।

आदि रिमेडिज विगत ७ वर्षदेखि छाला रोग सँग सम्बन्धित औषधि कम्पनि हो । यहाँ ९० प्रतिशत औषधि छालासम्बन्धि उत्पादन हुन्छन् । पछिल्लो समयमा बजारमा आउन लागेका ३० वटा उत्पादनमध्ये ९० प्रतिशत छालासम्बन्धि औषधि छन् । यसमा मल्हम, पाउडर र ट्याब्लेट रहेका छन् । कम्पनिलाई छालासम्बन्धि औषधिहरूको सेग्मेन्टको रूपमा विकास गरिएको छ ।
गुणस्तरमा कुनै शंका छैन
नेपालमा वंगलादेश, भारत, पाकिस्तान र अन्य केही युरोपियन देश, अमेरिका र अष्ट्रेलियबाट औषधि आयात हुने गरेका छन् । आयातित औषधिसँग कतिको प्रतिस्पर्धी छौं ? भन्ने प्रश्न पनि उठ्न सक्छ ।
नेपालमा उत्पादन हुने औषधि विदेशमा उत्पादन हुने औषधि जस्तै एउटै पारामिटर र स्टैण्डर्डमा बनेका हुन्छन् । त्यसैले गुणस्तरमा कुनै शंका छैन ।
धेरैलाई रोजगार
चीनबाट आयात हुने कच्चा पदार्थ मात्र हो । फिनिष्ड उत्पादन आउँदैनन । संसारमा करिब ८० प्रतिशत कच्चा पदार्थ चीनबाट निर्यात हुने गर्छ । नेपालमा पनि त्यही हो । तर स्वेदशी उत्पादनले धेरैलाई रोजगार सृजना गरेको छ ।
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२

