
जनस्वास्थ्य सरोकार, रुकुम । रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका(१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको हो ।
आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेका इञ्चार्ज धनबहादुर केसीेले जानकारी दिनुभयो ।
जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुवात गरिएको उहाँको भनाइ छ । आज जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सर्जिकल सेन्टरको उद्घाटन गर्नुभयो ।
सेन्टरमा मोतियाविन्दु, जलविन्दु, आर्सनली बन्द भएको, मासु पलाएको समस्याको शल्यक्रिया हुने इञ्चार्ज केसीले जानकारी दिए । उहाँका अनुसार ३० लाख ५० हजार लागतमा सर्जिकल सेन्टरको स्थापना भएको हो ।
आर्थिक वर्ष २०७७–७८ मा कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु १० लाख, मुसीकोट नगरपालिकाको रु पाँच लाख र राप्ती आँखा अस्पताल दाङको रु दुई लाख गरी १७ लाखमा अपरेटिङ माइक्रोस्कोप खरिद गरिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८–७९ मा मुसीकोट नगरपालिकाको रु तीन लाख, बाँफिकोट गाउँपालिकाको रु तीन लाख, कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु पाँच लाख, त्रिवेणी गाउँपालिकाको रु दुई लाख ५० हजार गरी रु १३ लाख ५० हजार जेनेरेटर, ल्याम्प, ओडिसेट तथा एसी खरिद गरिएको थियो ।
आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले आगामी आर्थिक वर्षदेखि सर्जिकल सेवाको सुरुआत गरिनेछ । विसं २०६८ मा आँखा उपचार केन्द्रको स्थापना भएको १२ वर्षपछि जिल्लामा आँखा सर्जिकल सेन्टरको स्थापना भएको हो ।
सर्जिकल सेन्टर स्थापना र आँखा उपचार केन्द्रलाई सहयोग गर्ने विभिन्न २० व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान पनि पनि गरिएको नेपाल नेत्रज्योती सङ्घ रुकुम पश्चिम शाखा सभापति शिवरामखत्रीले जानकारी दिनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
