
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले दादुरा र रूबेला रोगको जोखिम रहेका जिल्लाका बालबालिकालाई खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि २५ गतेदेखि सो रोगको जोखिममा रहेका ९ वटा जिल्लाका ६ महिनादेखि १५ वर्ष उमेर मुनिका सम्पूर्ण बालबालिकालाई दादुरा–रूबेला खोप दिने भएको हो ।
मन्त्रालयका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा सो खोव दिइने भएको छ । देशका विभिन्न जिल्लाहरूमा देखिएको दादुरा महामारीलाई अन्य जिल्लामा फैलन सक्ने जोखिम कम गर्न खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।
खोप नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा लगाउन सकिने छ । दादुरा रोगलाई कोभिड–१९ भन्दा पनि तिब्र गतिले फैलिने रोगका रुपमा लिइने गरिन्छ । साथै यसको मृत्युदर पनि उच्च रहेको छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
