
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा त्यहाँका तीन पूर्वकर्मचारीहरु पक्राउ परेका छन्। अस्पतालको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विगतमा अस्पतालमा कार्यरत दोलखा भीमेश्वर न.पा. वडा नं. ४ घर भई भक्तपुर ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा. वडा नं. ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँ जिल्ला का. म. न.पा. वडा नं.४ बालुवाटार बस्ने वर्ष ३४ का आशिष अर्याल रहेका छन्।
प्रहरीका अनुसार अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको सुक्रा नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरेको आरोप लागेको छ ।
अस्पतालले उनीहरूविरुद्ध बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिइ निजहरूबाट लिएको शुल्कभन्दा कम शुल्क सफ्टवेयरमा दाखिला गराई दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेको थियो ।
उनीहरूमाथि अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुर प्रवक्ता एवम् सूचना अधिकारी नवराज कार्कीले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

