जनस्वास्थ्य सरोकार, ललितपुर । शुभ नेपा ट्रेडिङ प्रा.लि. ले Artificial Intelligence मा आधारित रगतको संरचना अध्ययन गर्न Bosch कम्पनिको Vivalution Portable Machine नेपाली बजारमा ल्याएको छ ।

यो अटोमेटेड नयाँ टेक्नोलोजी हो । यसमा ग्लास स्लाइडमा नमुनालाई स्टेन गरेर राखिदिनुपर्छ । यसले स्लाइडको माइक्रोस्कोपिक १०० एक्ससम्मको फोटो लिन्छ । त्यसपछि क्लाउडमा पठाइसकेपछि सबै प्रक्रिया गरेर आफैं रिपोर्ट निकाल्छ ।
यो मुख्यतया रेड व्लड सेल, ह्वाइट व्लड सेल, प्लेटलेट्सको मोर्फोलोजी (संरचना) साइज हेर्न प्रयोग गरिन्छ । साइजको आधारमा कुन कुन रोग हुनसक्छ ? भनेर प्याथालोजिष्टलाई निर्णय लिन मद्धत गर्छ । यसले प्याथोलोजिष्टको कामको भार एकदमै कम बनाइदिएको छ । यो मेसिनले एक दिनमा करिब ५० वटा रिपोर्ट निकाल्न सक्छ । करिब १०—१२ मिनेटमा स्लाइड चेञ्ज गर्न मिल्ने र एक घण्टामा करिब ६ जनाको रिपोर्ट प्राप्त गर्न सकिन्छ ।

विशेषता
- अल्गोरिदममा आधारित प्रविधि हो ।
- क्लिनिकल डाटा डिजिटाइजेसन हुन्छ ।
-मोर्फोलोजी विवरण विष्लेषण गर्न सकिन्छ ।
- डाइग्नोसिस भएका विवरण क्लाउडमा बस्छ ।
- थोरै समयमा धेरै परीक्षण गर्न सकिन्छ ।
- रिएजेन्टसको आवश्यकता पर्दैन
-तथ्यमा आधारित रिपोर्टिङ गर्न मद्धत गर्छ ।
प्याथोलोजिष्टहरूले रगतमा हुने फरक सेल अध्ययन गर्न पेरिफेरल ब्लड स्मियर (पिबिएस) प्रयोग गर्छन् । तर नेपालको सन्दर्भमा प्याथोलोजिष्टको संख्या थोरै र बिरामी धेरै हुने गरेको अवस्थामा रिपोर्ट आउन समय लाग्ने गर्छ । त्यसैले यो उत्पादन निकै लाभकारी मानिएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
