
जनस्वास्थ्य सरोकार, काठमाडौं । सेरोल्याव नेपाल ट्रेडर्सले अमेरिकन प्रविधिमा आधारित भिट्रोस ५६०० इन्ट्रिगेटेड सिस्टम (VITROS 5600 Integrated System) नेपालमा बजारीकरण शुरू गरेको छ ।
अमेरिकाको क्वाइडेल अर्थो नामक कम्पनिले उत्पादन गरेको यो क्लिनिकल डायग्नोस्टिक मेसिन हो । लामो समयदेखि क्लिनिकल प्रयोगशालाहरूमा उपकरण, रिएजेन्ट्सलगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउँदै आएको सेरो ल्याव नेपालका लागि आधिकारिक बिक्रेता हो ।

अब यो सिस्टमको विकल्पमा बायोकेमेस्ट्री, हर्मोनल टेस्ट, लिक्वीड केमेस्ट्री छुट्टाछुट्टै मेसिनबाट परीक्षण गर्नुपर्दैन । यसबाट बायोकेमेस्ट्री र इम्युनोलोजीका झण्डै २ सय पारामिटर परीक्षण गर्न सकिन्छ । यसको प्रति घण्टा ५ सय भन्दा बढी नमुना परीक्षण गर्ने क्षमता रहेको छ ।
यो मेसिनले विना मानव हस्तक्षेप (ह्युनम इन्टरभेन्सन) एक्युरेट परिणाम निकाल्छ । जाँच गर्ने नमुनाको बार कोड निश्चित गरेपछि मेसिनले सबै परीक्षण एकैसाथ गर्दछ । जस्तैः कुनै बिरामीको बायोकेमेस्ट्री अन्तर्गत सुगर, युरिया, क्रियाटिनिन टेष्टसँगै थाइराईड, भिटामित डी पनि एकैपटक परीक्षण गर्न सकिन्छ । मेसिनले ३ देखि ७ मिनेटमा बायोकेमेस्ट्रीको रिजल्ट निकाल्छ । त्यस्तै इम्युनोलोजीको रिजल्ट आउन १५ मिनेट देखि १ घण्टा समय लाग्न सक्छ । तर पारामिटर अनुसार समय घटबढ हुनसक्छ । यसरी एउटै मेसिनबाट सबैखालका परीक्षण हुने भएकाले नमुनालाई एक भन्दा बढी मेसिनमा राखेर परीक्षण गर्नुपर्ने बाद्यता हटेको छ । साथै ल्याब टेक्निसियनहरूको समय बचत भएको छ भने बिरामीले समयमा रिपोर्ट प्राप्त गर्न सक्छन् ।
हालसम्म काठमाडौँ उपत्यकाभित्र बीर अस्पताल, ओम अस्पताल, ग्रान्डी इन्टरनेशनल अस्पताल, नेपाल मेडिसिटी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो मेसिन जडान भएको छ । त्यस्तै उपत्यका बाहिर काभ्रेको धुलिखेल अस्पताल, चितवनको नारायणी सामुदायिक अस्पताल र पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसका ल्यावहरूमा राखिएको छ । यो मेसिन देशव्यापी विस्तार हुने क्रममा छ ।

विशेषता
ल्याव टेक्निसियनले मेसिन सजिलै अपरेट गर्न सक्छन् । मेसिनको मोनिटरमा सबै गाइडलाइन उल्लेख गरिएको हुन्छ । मेसिनको कुनै पार्टस्मा खराबी आएमा निर्देशनको मद्धतले सजिलै समस्या समाधान गर्न सकिन्छ । नमुना परीक्षण गर्दा इन्डिकेटरहरु तलमाथि भएमा विभिन्न संकेत (फ्ल्याग ) देखाउँछ । मेसिनमा ल्याव इन्र्फमेसन सिस्टम (एलआइएस) राखिएको छ । मेसिनले बारकोडेट नमूना टेष्ट गरेर सिधै ल्याव टेक्निसियन र डाक्टरको कम्युटरमा पठाइदिन्छ । रिपोर्ट टाइप गर्नुपर्दैन । मेसिनमा ड्राई केमेस्ट्री भएकाले नमूना परीक्षण गर्दा डिस्टिल वाटर प्रयोग गर्नुपर्दैन ।

क्वालिटी कन्ट्रोल र क्यालिब्रेसन
कम्पनिको प्रोटोकल अनुसार नियमित क्वालिटी कन्ट्रोल र क्यालिब्रेसन गराउनुपर्दछ । बायोकेमेस्ट्रिका लागि हरेक ६ महिनाको अन्तरालमा क्यालिब्रेसन र सर्भिसिङ गराउनुपर्दछ । त्यस्तै इम्युनोलोजीका लागि भने हरेक २८ देखि ३० दिनको अन्तरालमा क्यालिब्रेसन गराउनुपर्दछ ।
मेडिकल टेक्नोलोजिष्ट विवेक स्थापित भन्नुहुन्छ—

‘भारतमा अध्ययन गर्दादेखि नै मैले यो मेसिन प्रयोग गर्न थालेको झण्डै १५ वर्ष जति भइसक्यो । मेसिनले एकदमै भरपर्दो र विश्वसनीय रिजल्ट दिएको छ । आजसम्म रिजल्टमा कुनै समस्या देखिएको छैन ।’
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
