जनस्वास्थ्य सरोकार, रसुवा । रसुवाको स्याफ्रुवेशी स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू गरिएको छ ।

गोसाईंकुण्ड गाउँपालिका–५ मा रहेको सो स्वास्थ्यचौकीमा औषधिबाट गरिने १० हप्तासम्म सुरक्षित गर्भपतन सेवा शुरू गरिएको हो ।
सो सेवा स्वास्थ्यचौकीबाट गोप्य तथा निःशुल्क प्रदान गरिने स्याफ्रुवेशी स्वास्थ्यचौकीले बताएको छ । गोसाईंकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङले सो सेवाको उद्घाटन गर्नुभएको थियो । गर्भपतन सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण, सूचीकृत प्रमाणपत्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दावा मिग्मार तामाङले स्वस्थ्यकर्मीलाई हस्तान्तरण गर्नुभयो । साथै उहाँले रिवन काटेर निःशुल्क गर्भवतन सेवाको शुभारम्भ गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

