
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेको विरोधमा चिकित्सकहरूले बहिरंग सेवा (ओपिडी) बन्द गरेका छन्।
बुधबार बिहानदेखि अस्पताल प्रशासनमा चिकित्सकहरूले विरोध गर्दै ओपिडी सेवा बन्द गरेको अस्पतालका इन्चार्ज दिलिप शाहले जानकारी दिनुभयो ।
अस्पतालले विज्ञप्ति जारी गरी प्रशासनमा गरिएको तोडफोडका कारण शान्ति सुरक्षामा बाधा पारेको कारण नियमित अस्पताल सेवा संचालन हुन नसक्ने जनाएको हो।
उनीहरूले यस घटनामा संलग्नहरूलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म इमर्जेन्सी बाहेक सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो ।
जेठ २८ गते भर्ना भइ उपचाररत गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको विषयलाई लिएर अस्पतालमा केही व्यक्तिहरुले मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस, हुलहुज्जत गरी अस्पताल तोडफोड गरेका थिए ।

कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३


