
जनस्वास्थ्य सरोकार, ललितपुर । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको मचाकाटोलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले बुधबार लाइफलाइन होम केयरसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा ५९३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा आएका मध्ये ४२ जनाको इसिजी, ८७ जनाको ल्याब परीक्षण, १०५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो ।
शिविरमा आएका मध्ये ७ जनाको दाँत खोलिएको तथा २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर समेत गरिएको छ ।
केएमसीले विगत ३ वर्षदेखि नियमित रुपमा गाउँशहर सबैतिर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न वर्गका नागरिकले बढी लाभ लिइरहेका छन् ।
हाल प्रतिनिधि सभा सदस्य समेत रहेका तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले केएमसीको सेवालाई गाउँगाउँ पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गर्नुभएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

