
जनस्वास्थ्य सरोकार, काठमाडौँ । श्रीलङ्काली सेनाका डाक्टरहरुको टोलीले विश्वको सबैभन्दा ठूलो मिर्गौलाका पत्थरी निकालेका छन् ।
कोलम्बो आर्मी अस्पतालका युरोलोजिस्ट लेफ्टिनेन्ट कर्नल डा. के सुदर्शन, डा. डब्ल्यूपीएससी पाथीरथना, डा. थमाशा प्रेमथिलाका सहितको टोलीले ६२ वर्षीय अवकाशप्राप्त एक सैनिकको मिर्गौलाको पत्थरी निकालेको समाचार संस्था एएफपीले जनाएको छ ।
उनको मिर्गौलाबाट १३ दशमलव ३७ सेन्टिमिटर लम्बाईको ८ सय १ ग्राम तौलको पत्थरी निकालिएको अस्पतालले जनाएको छ ।
डाक्टरको टोलीले मिर्गौलाको सबैभन्दा ठूलो पत्थरी निकालेर विश्व कीर्तिमान बनाएको एएफपीले जनाएको छ ।
गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार विश्वको सबैभन्दा ठूलो मिर्गौलाको पत्थरी सन् २००४ मा भारतमा भेटिएको थियो । जसको लम्बाई करिब १३ सेन्टिमिटरको रहेको थियो । त्यसपछि सन् २००८ मा विश्वकै सबैभन्दा धेरै तौल भएको पत्थरी पाकिस्तानमा भेटिएको थियो । जसको तौल ६२० ग्राम रहेको थियो ।
पत्थरी निकालेपछि ती सैनिकको मिर्गौलाले सामान्य रुपमा काम गरिरहेको श्रीलङ्काको सेनाले जनाएको छ । एजेन्सी
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

