
जनस्वास्थ सरोकार, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दाङको आयोजनामा गत जेठ २७ देखि आजसम्म घोराहीमा भएको योग जागरण अभियानअन्तर्गत सप्ताहव्यापी निःशुल्क राष्ट्रसेवक विशेष योग विज्ञान शिविर समापन समारोहलाई सम्बोधन गर्दै उनले योग साधना स्वस्थ जीवनको पर्याय भएकाले हरेक व्यक्तिमा योगको महत्व र ज्ञान फैलाउनु पर्नेमा जोड दिनुभयो ।
‘समाजका हरेक गतिविधिलाई सकारात्मक रुप दिनका लागि साधना अत्यन्तै आवश्यक हुन्छ कतिले यसको मर्मबोध गरेर आफ्नो व्यस्त समयका बाबजुद पनि यसलाई लागू गरेका छौँ’, मन्त्री शर्माले भन्नुभयो– ‘कतिपयले यसका बारेमा जानकारी पाएर वा नपाएर लागू गर्न सकेका छैनौँ तर हामी सबैले योग साधना नियमितरुपमा गर्न सकेमा जीवनलाई सहज र सरल बनाउन सम्भव हुने देख्छु ।’
राजनीतिक क्षेत्र, कर्मचारी क्षेत्र, प्रहरी प्रशासनलगायत क्षेत्रमा कार्यरत व्यक्ति योग साधनामा सहभागी हुन अझ आवश्यक रहेको उनले जिकिर गरिन् । योगले सकारात्मक ऊर्जा प्रदान गर्ने हुँदा जिम्मेवार निकायमा रहेकाले प्रदान गर्ने सेवाको परिणाम अझ परिस्कृत र प्रभावकारी हुने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।
सङ्गठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, पतञ्जलि योग समिति दाङका जिल्ला प्रभारी उदयबहादुर डाँगी, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज गोकर्ण वलीलगायतले योगको बारेमा चर्चा गर्नुभएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
