
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । नेपालगन्जमा अत्यधिक गर्मी र तातो हावा लु ले जनजीवन कष्टकर बनेपछि कृषक तथा सरसफाईकर्मीलाई अभिमुखीकरण दिइएको छ ।
अत्यधिक गर्मी बढ्दा दिउँसोसमेत काम गर्नुपर्ने बाध्यताका सफाइकर्मी साथै कृषकलाई लु बाट बच्न अभिमुखीकरण दिइएको हो ।
भेरी वातावरणय विशिष्ठ समूह र रेडक्रस बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरका ३६ सरसफाई सुपरभाइजर, डुडुवा खजुराका गरी १५ कृषकलाई तालिम दिइएको वातवरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
तातो हाजा लु चलेको समयमा कामदारलाई दिउँसोको समयमा काम नगरि विहान र वेलुकाको समयमा काम गर्न परियोजनाको आग्रह छ ।
भेरी वातावरणय विशिष्ठ समुहले आयोजना गरेको कार्यक्रम ४ दिन चलेको थियो जसमा सरसफाइकर्मीलाई हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा समेत सचेत गराइएको थियो । नेपालगन्जमा दैनिक तापक्रम ३९ देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।
भेरी अस्पतालमा गर्मीका कारण बिरामीको चाप बढ्न थालेको छ । गर्मीले जनजीवन प्रभावित बन्दा बाँकेका अधिकांश विद्यालय बन्द छन् । जिल्ला प्रशासन कार्यालयले बाँके जिल्लामा अझै केही दिन तातो हावा चल्ने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
