जनस्वास्थ्य सरोकार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएससी नर्सिङ र बिएनएस कक्षा शुरू भएको छ । प्रतिष्ठान स्थापना भएको करिब ५ बर्षपछि सो कार्यक्रम शुरू भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकाश लामीछानेले सो कार्यक्रम शुरू भएको जानकारी गराउनुभएको छ । उपकुलपति लामीछानेले अबको एक बर्षमा एमडीजीपी, एमडी तथा एमएस कक्षा सञ्चालन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तयार रहेको बताउनुभयो। तर एमबीबीएस कक्षा सन्चालनमा भने अझै धेरै पुर्वाधारहरु तयार हुन बाँकी रहेको छ ।
पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा बिएससी नर्सिङ तर्फ २० जना र बिएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन्। हरेक शैक्षिक सत्रमा १५ जनाले नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन्।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ
